भारतबाट घटेर आयो इन्धनको मूल्य

नेपालभ्युज

भारतबाट घटेर आयो इन्धनको मूल्य

काठमाडौं ।  भारतीय आयल कर्पोरेसनबाट  इन्धनको मुल्य घटेर आएको छ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसनले नयाँ मूल्यसूची पठाएको हो ।

उक्त सूचीअनुसार  खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगमलाई  नाफा भएको निगमले जनाएको छ ।

नयाँ मूल्य सूची अनुसार डिजेलमा ११ रुपैयाँ घटेको छ । यस्तै, पेट्रोलमा १३ रुपैयाँ र मटीतेलमा ३५ रुपैयाँ प्रतिलिटर नाफा हुने निगमले बताएको छ ।

निगमका अनुसार हवाइ इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ४२ रुपैयाँ नाफा छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २७७ रुपैयाँ नोक्सानी रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved