यू–१९ क्रिकेट प्रतियोगिताः गण्डकीको पहिलो जित

नेपालभ्युज

यू–१९ क्रिकेट प्रतियोगिताः गण्डकीको पहिलो जित

काठमाडौं। यू–१९ क्रिकेट प्रतियोगितामा गण्डकीले कर्णालीलाई पराजित गरेको छ। मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कर्णालीले गण्डकीलाई १०९ रनले पराजित गरेको हो।

गण्डकीको यो पहिलो जित हो भने कर्णालीको चौथो पराजय हो। जितसँगै २ अंक जोडेको गण्डकी पाँचौं स्थानमा छ। २ अंकसहित कर्णाली छैटौं स्थानमा छ।

२३५ रनको लक्ष्य पछ्याएको कर्णाली ३० ओभरमा १२५ रनमा अलआउट भयो। कर्णालीको लागि सुवास ऐरले ३२ र विपिन रावलले १९ रन बनाए। गण्डकीको लागि सुवास भण्डारीले ६, सिब्रिन श्रेष्ठले ३ र निर्तेश गिरीले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको गण्डकीले पूरै ओभर खेल्दा ७ विकेट गुमाएर २३४ रन बनायो। गण्डकीको लागि गोविन्द विकले ५५ र अर्जुन कुमालले ५० रन बनाए। गोविन्दले ७८ बलमा र अर्जुनले १०१ बलमा अर्धशतक पूरा गरे।

कर्णालीका लागि आवास शाहले ३, मोहन विकले २ र बिनित खत्रीले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved