बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नगर्ने आयोगको निर्णय

नेपालभ्युज

बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नगर्ने आयोगको निर्णय

काठमाडौं। निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । मंसिर ४ गते भएको निर्वाचनको मतगणना सुरु गर्न आयोगले निर्देशनसमेत दिएको छ ।

आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले भने, ‘बाजुरा र स्याङ्जा २ मा मतगणना गर्ने भनेर सर्वसम्मत निर्णय भएको छ।’

नेकपा एमालेले स्याङ्जा-२ र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि मतगणना हुन सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved