यू–१९ क्रिकेट : मधेसलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नेपालभ्युज

यू–१९ क्रिकेट  : मधेसलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

काठमाडौं। यू–१९ क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश फाइनलमा पुगेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा सुदूरपश्चिमले मधेशलाई ७ विकेटले पराजित गर्दै १ खेल अगावै फाइनलमा स्थान पक्का गरेको हो।

कसिलो बलिङ प्रस्तुत गरेको सुदूपश्चिमले लगातार पाँचौँ जित निकालेको हो। मधेस भने लगातार चौथो पराजयसँगै प्रतियोगिताबाट बाहिरिसकेको छ । १२३ रनको लक्ष्य सुदूरपश्चिमले १८.५ ओभरमा ३ विकेट गुमाएर भेटायो।

उसका लागि दीपक बोहोराले ५३ र अर्का दीपक बोहोराले २४ रन बनाए। दीपकले ५४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। मधेसका लागि अधिषेक तिवारीले २ र साइमोन रोयले १ ले विकेट लिए।

पहिले ब्याटिङ गरेको मधेस ३८.१ ओभरमा १२२ रनमा अलआउट भयो। मधेसका लागि अलि अन्सारीले ३२ र इमरान शेखले २८ रन जोडे। सुदूरपश्चिमका लागि नरेन साउदले ५, हेमन्त धामीले ३ र युवराज खत्रीले २ विकेट लिए। नरेनले २४ रन खर्चेर ५ विकेट पूरा गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved