सुनको मूल्य तोलामा २०० बढ्यो

नेपालभ्युज

सुनको मूल्य तोलामा २०० बढ्यो

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो ।

महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले मूल्य बढेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ६०० तोकिएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९७ हजार १०० रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । मंगलबार तोलामा १२ सय ८५ रुपैयाँ रहेकोमा आज चाँदीको मूल्य आज १२ सय ९० रुपैयाँ पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved