यू–१९ क्रिकेट : बागमतीद्धारा कर्णाली पराजित

नेपालभ्युज

यू–१९ क्रिकेट : बागमतीद्धारा कर्णाली पराजित

काठमाडौं। यू–१९ क्रिकेट प्रतियोगितामा बागमतीले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा बागमतीले कर्णालीलाई ७ विकेटले पराजित गरेको हो।

यो बागमतीको लगातार चौथो जित हो भने कर्णालीको तेस्रो हार हो। ८ अङ्कसहित बागमती दोस्रो स्थानमा छ भने कर्णाली २ अङ्कको साथ पाँचौँ स्थानमा छ।

१३१ रनको लक्ष्य बागमतीले ३० ओभर १ बलमा ३ विकेट गुमाएर भेटायो। बागमतीको लागि कप्तान अशोक पौडेलले अविजित ५९ र लक्की कठायतले ५१ रन बनाए।

पहिले ब्याटिङ गरेको कर्णालीले ३६.२ ओभरमा अलआउट हुँदै १३० रन बनाएको थियो। कर्णालीका लागि बिपिन रावलले ६८ र मनिश थापाले २५ रन बनाए। बागमतीका सक्रिय कार्कीले ५ तथा अहमद रजाले ३ विकेट लिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved