नुवाकोट २

नुवाकोट २ मा कांग्रेसका केसी भारी मतान्तरले विजयी

नेपालभ्युज

नुवाकोट २ मा कांग्रेसका केसी भारी मतान्तरले विजयी

काठमाडौं। नुवाकोटको निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी निर्वाचित भएका छन्।

सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका केसी २८ हजार १०७ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ र नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ मत ल्याए।

केसी २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार खतिवडासँग १० हजार मतान्तरले पराजित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved