यू–१९ क्रिकेट प्रतियोगिता : बागमतीको सान्दार जित

नेपालभ्युज

यू–१९ क्रिकेट प्रतियोगिता : बागमतीको सान्दार जित

काठमाडौं। यू–१९ क्रिकेट प्रतियोगितामा बागमतीले सान्दार जित निकालेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा बागमतीले प्रदेश एकलाई ७२ रनले पराजित गरेको हो। २७० रनको लक्ष्य पछ्याएको प्रदेश एक ४९.१ ओभरमा १९७ रनमा अलआउट भयो। प्रदेश १ का लागि दीपेश कँडेलले ४७ र इस्टेन रिजालले ३५ रन बनाए।

बागमतीका लागि सक्रिया कार्कीले ३ र ओमकार यादवले २ विकेट लिए। पहिले ब्याटिङ गरेको बागमतीले पूरै ओभर खेल्दा ९ विकेट २६९ रन बनाएको हो। बगमतीका लागि प्रतिक श्रेष्ठले अविजित १४२ र अर्थभ पौडेलले १५ रन बनाए।

सातौँ विकेटको लागि प्रतिक र अर्थभले ११२ बलमा १०० रनको साझेदारी गरे। प्रतिकले बागमतीको लागि ९० बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै शतक बनाए। प्रदेश एक का लागि बिपन महतो, दीपेश कंडेलले, सोनु अन्सारीले २–२ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved