यू–१९ क्रिकेट प्रतियोगिता : सुदूरपश्चिमको लगातार दोस्रो जित

नेपालभ्युज

यू–१९ क्रिकेट प्रतियोगिता : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं। यू–१९ क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले लगातार दोस्रो जित निकालेको छ।मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई १०० रनले पराजित गरेको हो।

४ अङ्कसहित सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिएको छ। अङ्कविहीन लुम्बिनी चौथो स्थानमा छ। १८१ रनको लक्ष्य पछ्याएको लुम्बिनी २१ ओभरमा अल आउट हुँदा ८० रन मात्र जोड्यो। लुम्बिनीको लागि आकाश त्रिपाठीले २२ र देव खनालले १२ रन बनाए।

लुम्बिनीलाई प्याक गर्न सुदूरपश्चिमका आकाश चन्दले ५, हेमन्त धामीले ३ र कैलाश ऐरले १ विकेट लिए। आकाशले १३ रन खर्चेर फाइफर पूरा गरे । पहिले ब्याटिङ गरेको  सुदूरपश्चिमले ४९.५ ओभरमा अलआउट हुँदा १८० रन बनाएका हो।

सुदूरपश्चिमका लागि दीपक बोहोराले ५४ र गजेन्द्र बोहोराले १९ रन बनाए । दीपकले ६९ बलमा ८ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे।लुम्बिनीका लागि विशाल विक्रम केसीले ३ तथा निर्मल गुरुङ र नर केसीले २ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved