यू–१९ क्रिकेट : सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८१ रनको लक्ष्य

नेपालभ्युज

यू–१९ क्रिकेट : सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८१ रनको लक्ष्य

काठमाडौं। यू–१९ क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले लुम्बिनीलाई १८१ रनको लक्ष्य दिएको छ। मूलपानी क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले ४९.५ ओभरमा अलआउट हुँदा १८० रन बनाएका हो।

सुदूरपश्चिमका लागि दीपक बोहोराले ५४ र गजेन्द्र बोहोराले १९ रन बनाए । दीपकले ६९ बलमा ८ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे।लुम्बिनीका लागि विशाल विक्रम केसीले ३ तथा निर्मल गुरुङ र नर केसीले २ विकेट लिए।

सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ भने लुम्बिनी पहिलो जित निकाल्न चाहन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved