दैलेख-१ : एकिकृत समाजवादीका थापा अघि, एमालेका शर्मा पछि

नेपालभ्युज

दैलेख-१ : एकिकृत समाजवादीका थापा अघि, एमालेका शर्मा पछि

काठमाडौं । दैलेख-१ मा नेकपा एकिकृत समाजवादीका अमर बहादुर थापाले १५ हजार १५० मतसहित अग्रता लिएका छन् ।

थापालाई एमालेका रविन्द्रराज शर्माले १४ हजार ९४२ मतसहित पछ्याएका छन् । यस्तै राप्रपाकी कुन्ति कुमारी शाहीले ४ हजार २६७ मत पाएकी छन्  ।

प्रदेशसभातर्फ (१) मा काँग्रेसका पूर्ण बहादुर खत्री ९ हजार ४६४ मतसहित विजयी भएका छन् ।  नेकपा एमालेका धर्मराज रेग्मीले  ८ हजार ७२ मत पाए  ।

प्रदेशसभा (२) मा एमालेका प्रेम बहादुर थापाले ६ हजार १९१ मत सहित अग्रता लिएका छन् भने कांग्रेसका  कृष्ण कुमार वि.सीले  ६ हजार ७७ मत पाएका छन् ।

राप्रपाका रणबहादुर सिंहले  १ हजार ३५८ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved