जसपाको पहिलो जित, पर्सा-१ मा यादव विजयी, कर्ण चौथो स्थानमा

नेपालभ्युज

जसपाको पहिलो जित, पर्सा-१ मा यादव विजयी, कर्ण चौथो स्थानमा

वीरगञ्ज । जनता समाजवादी पार्टीले प्रतिनिधिसभामा पहिलो जित निकालेको छ । उक्त पार्टीका प्रदीप यादव पर्सा क्षेत्र नम्बर १ बाट विजयी भएका हुन् ।

यादवले २२ हजार ५३७ मतसहित जित हासिल गरेका हुन् । उनले स्वतन्त्र अजयकुमार द्विवेदीलाई हराए । द्विवेदीले २० हजार ९१७ मत पाए । राप्रपाका किरण मान डंगोलले २ हजार ६५९ मत ल्याए ।

सत्ता गठबन्धनबाट उठेका लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण मात्र १ हजार ११७ मतसहित चौथो स्थानमा रहे । यो क्षेत्रमा द्विवेदी कांग्रेस छाडेर स्वतन्त्र उठेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved