माधव नेपाल भन्छन्- स्वयं रवि पनि संसदीय छानबिनका लागि सकारात्मक छन्

नेपालभ्युज

माधव नेपाल भन्छन्- स्वयं रवि पनि संसदीय छानबिनका लागि सकारात्मक छन्
फाइल तस्वीर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने स्वयं पनि संसदीय छानबिन समितिका लागि सकारात्मक रहेको बताएका छन् ।

जेठ १ र २ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णय सुनाउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले लामिछानेले छानबिन गरौँ भनेको बताए ।

‘स्वयं रवि लामिछाने पनि गठन गरौँ न त, गठन गर्ने कुरामा कुनै आपत्ति छैन भन्दै हुनुहुन्छ । उहाँहरूको भूमिका पोजिटिभ नै पाइरहेको छु । ‘छानबिन गरौँ, म दोषी छैन, कुनै प्रमाण छ भने देखाउन्, सक्कली प्रमाण देखाउनुपर्‍यो’ भनेर उहाँले म भएकै ठाउँमा पनि, प्रधानमन्त्री सँगसँगै म पनि उपस्थित भएको ठाउँमा भन्दै हुनुहुन्थ्यो’, नेपालले भने ।

लामिछाने तयार भएको अवस्थामा पनि किन छानबिन समिति गठन हुन सकिरहेको छैन भनेर आफूले बुझ्न नपाएको बताए । ‘प्रधानमन्त्रीसँग बेग्लै भेटघाट र कुराकानी हुन पाएको छैन । भेटघाट र कुराकानीपछि मात्रै केही भन्न सकिन्छ’, उनले भने ।

अध्यक्ष नेपालले आफूहरूले सदन चलोस् भन्ने चाहेको बताए । भने, ‘राष्ट्रपतिले गर्नुभएको सम्बोधनमाथि धन्यवाद प्रस्ताव टेबल गर्ने स्थिति पनि बनोस् । छलफल गर्ने अवस्था पनि बनोस् । सहज ढंगले बजेट आउने अवस्था पनि बनोस् । र सदन सञ्चालन हुने अवस्था पनि बनोस् । सबै समस्यालाई छलफलबाट समाधान गर्ने कोसिस गरियोस् ।’

विभिन्न सहकारीमा जम्मा भएको रकमलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हिनामिना गरेको आरोप लगाउँदै उनीमाथि संसदीय छानबिन समितिमार्फत् छानबिन हुनुपर्ने भन्दै कांग्रेसले संसद् अवरोध गरिहरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved