बाग्लुङ-२ बाट माओवादीका देवेन्द्र पौडेल निर्वाचित

नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल बाग्लुङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् । यो सँगै माओवादीले अहिलेसम्म तीन स्थानमा जित निकालेको छ । 

नेपालभ्युज

बाग्लुङ-२ बाट माओवादीका देवेन्द्र पौडेल निर्वाचित

पोखरा । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल बाग्लुङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् । यो सँगै माओवादीले अहिलेसम्म तीन स्थानमा जित निकालेको छ ।

पौडेलले नेकपा एमालेका मन्जु शर्मालाई साढे ४ हजार मतान्तरले हराएका हुन् । उनले २४ हजार ७७९ मत पाए । एमालेकी शर्माले २० हजार १८० मत ल्याइन । राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्रीले २ हजार २७६ मत पाइन ।

शिक्षा मन्त्री समेत रहेका पौडेल २०७४ सालको चुनावमा पनि यही क्षेत्रबाट विजयी भएका थिए । बागलुङका दुवै क्षेत्रबाट सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved