स्टार फुटबलर रोनाल्डोले छाडे म्यानचेस्टर युनाईटेड

पछिल्लो समय मुख्य प्रशिक्षक एरिक टेन हागसँगको सम्बन्धको कारण  रोनाल्डोले सम्झौता नसकिदै क्लब छाडेका हुन् ।

नेपालभ्युज

स्टार फुटबलर रोनाल्डोले छाडे म्यानचेस्टर युनाईटेड

काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड छाडेका छन् ।

युनाईटेडले मंगलबार राति विज्ञप्ति निकाल्दै रोनाल्डोले तत्कालबाट लागु हुने गरि क्लब छाडेको जनाएको हो ।

रोनाल्डो अहिले विश्वकप फुटबलका लागि कतारमा छन् । रोनाल्डोले आपसी सहमतिमा क्लब छाडेको युनाईटेडले विज्ञप्तिमा जनाएको छ ।

रोनाल्डोले पनि विज्ञप्ति निकाल्दै सहमतिमा क्लब छाडेको बताएका छन् । पछिल्लो समय मुख्य प्रशिक्षक एरिक टेन हागसँगको सम्बन्धको कारण  रोनाल्डोले सम्झौता नसकिदै क्लब छाडेका हुन् ।

३७ वर्षीय रोनाल्डो गत वर्ष युनाईटेड फर्किएका थिए । एक टेलिभिजन अन्तर्वार्तामा रोनाल्डोले आफूलाई क्लबले धोका दिएको र म्यानेजर एरिकप्रति आफूलाई कुनै सम्मान नभएको बताएका थिए । यसले विवाद बढेको थियो ।

पाँच पटकको बालेन डी’ओर विजेता रोनाल्डो १२ वर्षपछि युनाईटेड फर्किएका थिए । यस अघि रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाईटेडबाट खेलेका थिए । त्यसपछि उनी रियल मड्रिडमा गएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved