प्रदेशबाट माओवादीले खोल्यो विजयको खाता

नेपालभ्युज

प्रदेशबाट माओवादीले खोल्यो विजयको खाता

काठमाडौं ।  म्याग्दीको प्रदेशसभा २ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रेशम जुग्जाली (सुविन) विजयी भएका छन् ।

जुग्जाली उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार यामबहादुर गर्बुजालाई एक सय एक मतले पछि पार्दै निर्वाचित भएका हुन् ।

जुग्जालीले नौ हजार चार सय ५४ मतसहित विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गर्बुजाले नौ हजार तीन सय ५३ प्राप्त गरेका छन् ।

माओवादी केन्द्रका म्याग्दी संयोजक रहेका जुग्जाली गत स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिका अध्यक्षमा एमालेबाट पराजित भएका थिए । उनि २०७४ को स्थानीय तहमा मालिका गाउँपालिका–७ विमको वडाध्यक्षमा निर्वाचित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved