विश्वकप फुटबल : डेनमार्क र ट्युनिसियाले अंक बाँडे

नेपालभ्युज

विश्वकप फुटबल : डेनमार्क र ट्युनिसियाले अंक बाँडे

काठमाडौं। विश्वकप फुटबलमा डेनमार्क र ट्युनिसियाले अंक बाँडेका छन्।

एड्युकेशन सिटी रंगशालामा मङ्गलबार भएको डेनमार्क र ट्युनिसियाबीचको खेल गोलरहित बराबरीमा सकिएको हो। यससँगै दुवै टोलीले १–१ अंक प्राप्त गरेका छन्।

यो यस विश्वकपको पहिलो गोलरहित बराबरी हो। दुवै टोलीले गोल हान्न निकै प्रयास गरेका थिए।  दोस्रो हाफमा डेनमार्क बढि आक्रमक भएको थियो।

५५ मिनेटमा डेनमार्कले लगातार तेस्रो आक्रमणमा बललाई पोस्ट चुमायो। तर सो गोललाई अफसाइड दिएको थियो। ६९ मिनेटमा डेनमार्कले अर्को अवसर गुमायो। कर्नर किकलाई गोलमा परिणत गर्न खोज्दा बल क्रसबारमा लागेको थियो।
समूह डीमा डेनमार्क र ट्युनिसियासँगै अष्ट्रेलिया र फ्रान्स रहेका छन्। सोही समुहको अर्को खेलमा अष्ट्रेलिया र फ्रान्स राति पौने १ बजे भिड्दैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved