यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको पुरस्कार राशी घोषणा

नेपालभ्युज

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको पुरस्कार राशी घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको पुरस्कार राशी घोषणा गरेको छ। मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा क्यानले प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ पाउने जनाएको हो।

उपविजेतालाई १ लाख रुपैयाँ, म्यान अफ द सिरिजलाई १५ हजार रुपैँया, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही १० हजार रुपैँया तथा म्यान अफ द म्याचलाई १ हजार रुपैँया प्रदान गरिनेछ।

यस्तै, क्यानले हरेक खेलाडीलाई म्याच फिको रूपमा १ हजार रुपैँया पनि प्रदान गर्नेछ ।

प्रतियोगिता मङ्सिर ७ देखि १९ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको छ।

प्रदेश १, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

पहिलो दिन उद्घाटन खेलमा बागमती र गण्डकी आमने-सामने हुँदैछन्। दोस्रो दिनदेखि भने २ खेल हुनेछ ।

प्रतियोगिता त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved