रुपन्देही ४ मा मतगणना रोकियो

नेपालभ्युज

रुपन्देही ४ मा मतगणना रोकियो

काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नं ४ मा मतगणना रोकिएको छ । सदर र बदर मतको विषयमा लिएर विवाद हुँदा मतगणना रोकिएको हो ।

क्षेत्र नं ४ का निर्वाचन अधिकृत देवेन्द्र आचार्यका अनुसार प्रतिनिधिसभा सदस्यका लागि चार हजार आठ सय ४३ मतगणना भएको छ । जसअनुसार साइकल चुनाव चिह्नले एक हजार आठ सय ८३ मत, रूख चिह्नले एक हजार तीन सय ४० मत, लाउडस्पिकर चिह्नले एक हजार ३३ मत प्राप्त गरेका छन् । यो बाहेकको तथ्याङ्क आधिकारिक नभएको निर्वाचन अधिकृत आचार्यले बताए ।

फरक मतपेटिकामा फरक मत देखिएकाले त्यस्तो मतलाई सदर गर्ने कि बदर गर्ने विषयमा सो क्षेत्रमा विवाद हुँदा मतगणना रोकिएको छ । निर्वाचन अधिकृत आचार्यले यस विषयमा सर्वदलीय बैठक बसी सहमतिको प्रयास भइरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved