मकवानपुरका मतदाता उत्साहित, बिहानैदेखि मतदानस्थलमा लाइन

मकवानपुरका मतदाता उत्साहित, बिहानैदेखि मतदानस्थलमा लाइन

हेटौंडा। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतदान कार्य सुरु भएको छ । मकवानपुरमा मतदान गर्न मतदाता उत्साहित देखिएका छन । विहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रियाको लागि मतदाताहरु ६ बजेबाटै लाइनमा बसेका थिए । मकवानपुरका सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

मकवानपुर जिल्लामा दुइ वटा प्रतिनिधी सभा र चार प्रदेशसभा निर्वाचनमा कुल ३ लाख ७ सय ३३ जना मतदाता रहेका छन् । मकवानपुरको क्षेत्र १ मा ६२ वटा मतदान स्थलमा १ सय ७२ वटा मतदान केन्द्र रहेका छन् ।

त्यस्तै, क्षेत्र २ मा १ सय ५ वटा मतदान स्थलमा १ सय ९२ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरीसहित जिल्लामा ४५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

१६७ वटा निर्वाचन स्थल र ३६४ वटा मतदान केन्द्र रहेको जिल्लामा अस्थायी मतदाताका लागि भीमफेदी कारागार र जिल्ला प्रशासन कार्यालयलाई अस्थायी मतदान मतदान केन्द्र तोकिएको छ । जिल्लामा अस्थायी मतदाता नामावलीमा नाम भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय पाएका बाहेक अन्य कैदी बन्दीलगायतका लागि २ अस्थायी मतदान केन्द्र कायम गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved