मेस्सीलगायत अन्य अर्जेन्टिनी खेलाडी तालिम क्याम्पमा अनुपस्थित

नेपालभ्युज

मेस्सीलगायत अन्य अर्जेन्टिनी खेलाडी तालिम क्याम्पमा अनुपस्थित

काठमाडौं। अर्जेटिनाका फरवार्ड लियोनेल मेस्सी र अन्य ६ खेलाडी कतार विश्वकपको  तालिम क्याम्पमा अनुपस्थित भएका छन्। विश्वकप अगाडि प्रमुख प्रशिक्षक लियोनेल स्कालोनीले अनुभवी खेलाडीहरूलाई चोटबाट बचाउनका लागि शुक्रबार तालिममा उपस्थित नगराई छुट्टै तालिमा गराएका हुन् ।

यसअघि, बुधबार जोकिन कोरिया र निकोलस गोन्जालेजलाई चोटका कारण अर्जेन्टिना फर्काएका कारण पनि प्रशिक्षकले सावधानी अपनाएको देखिन्छ।

मेस्सीलगायत मिडफिल्डर रोड्रिगो डे पल र लिएन्ड्रो पेरेडेस, डिफेन्डर निकोलस ओटामेन्डी र फरवार्ड एन्जेल डी मारियाले छुट्टै तालिम गरिरहेको अर्जेन्टाइन फुटबल संघ एफएले जनाएको छ।

अर्जेन्टिनाका डिफेन्डर लिसान्ड्रो मार्टिनेज र जुआन फोयथ पनि शुक्रबारको तालिममा अनुपस्थित थिए। विश्वकप अगाडि अर्जेन्टिनाले कतार विश्वविद्यालयमा तालिम क्याम्प गरिरहेको छ।

नोभेम्बर २२ मा अर्जेन्टिनाले साउदी अरेबियासँग आफ्नो पहिलो खेल खेल्दै छ । अर्जेन्टिनाले नोभेम्बर २६ मा मेक्सिको र ३० मा पोल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved