स्मार्ट चोइस टेक्नोलोजिजको ओम्नी च्यानल सोलुसन – ‘फास्ट बैंकिङ’ सार्वजनिक

नेपालभ्युज

स्मार्ट चोइस टेक्नोलोजिजको ओम्नी च्यानल सोलुसन – ‘फास्ट बैंकिङ’ सार्वजनिक

काठमाडौं। स्मार्ट चोइस टेक्नोलोजिजले ओम्नी च्यानल सोलुसन – “फास्ट बैंकिङ“ सार्वजनिक गरेको छ।

नेपाली बैंकिङ जगतमा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ मा खड्किएका समस्याहरूलाई समाधान गर्ने उद्देश्यका साथ बिगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरी निर्माण गरिएको ओम्नी च्यानल सोलुसन फास्ट बैंकिङ सार्वजनिक गरिएको हो ।

बुधबार होटेल र्‍याडिसनमा आयोजित फास्ट बैंकिङ लन्च समारोहमा उक्त सेवा सार्वजनिक गरिएको हो ।

राष्ट्र बैंकका पदाधिकारीहरू, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा डिजिटल बैंकिङ र आइटी क्षेत्रसँग सम्बन्धित कर्मचारीहरू, भुक्तानी तथा फिनटेक जगतका प्रतिनिधिहरू तथा मिडिया कर्मीहरूको उल्लेख्य सहभागिता रहेको उक्त समारोह नेपाल बैंकर्स एसोसिएसका अक्ष्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले एप अनावरण गरी शुरूवात गरेका थिए ।

स्मार्ट चोइस टेक्नोलोजिज को संक्षिप्त विवरणसँगै फास्ट बैंकिङको बारेमा विस्तृत जानकारी दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकास भुजुले बैंक तथा वित्तीय संस्थाले फास्ट बैंकिङको सेवा लिई डिजिटल बैंकिङ एक्पिरियन्सलाई थप सुध्रिढ गर्दै नयाँ आयाम दिन सक्ने बताए ।

हाल बैंक तथा वित्तीय संस्थाहरूमा प्रयोग भएको मोबाइल बैंकिङ सेवा बिशेष गरि भुक्तानी तथा फन्ड ट्रान्सफर मा मात्र केन्द्रित रहेकाले बैंकिङ सुविधा लिन अझै पनि बैंककै शाखामा नै धाउनु पर्ने बाध्यता रहेको परिस्थिति औल्याउँदै सो सोलुसनमा थप सुविधाहरूका साथ ओपन एपीआई मार्फत बैंकका थप सेवाहरूलाई मोबाइल बैंकिङमै जोड्न सकिने जानकारी दिए

साथै, फास्ट बैंकिङले बैंकको शाखाहरूमा हुने ग्राहकहरूको उपस्थिति तथा म्यानुअल काम कटौती गरी ग्राहक र बैंक दुवैको समय र खर्च बृहत् रूपमा घटाउन सकिने जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved