प्रचण्ड सहभागी हुने कार्यक्रमस्थल छेउमा विस्फोट, एक जना घाइते

नेपालभ्युज

प्रचण्ड सहभागी हुने कार्यक्रमस्थल छेउमा विस्फोट, एक जना घाइते
फाइल फोटो

काठमाडौं। भोजपुरको पौवादुङ्मा गाउँपालिकाकाै  तिवारी भञ्ज्याङमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभानजिकै बम विस्फोट भएको छ । नेकपा माओ‌वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भनिएको उक्त सभास्थलनजिकै बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घटनामा सुमन श्रेष्ठ नाम गरेका एक व्यक्ति घाइते भएको डीएसपी शरदकुमार थापाले जानकारी दिए ।

घटनास्थल पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । विष्फोट हुँदा प्रचण्ड कार्यक्रमस्थल भने पुगेका थिएनन् । बम कसले विस्फोट गराएको भन्ने खुलिसकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved