पहिलो एकदिवसीयमा युएईले दियो नेपाललाई २६४ रनको लक्ष्य

नेपालभ्युज

पहिलो एकदिवसीयमा युएईले दियो नेपाललाई २६४ रनको लक्ष्य

काठमाडौं। युएईविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले २६४ रनको लक्ष्य पाएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा युएईले पुरै ओभर खेल्दै ७  विकेट गुमाएर २६३ रन बनाएको हो ।

युएईका लागि रोहन मुस्तफाले ५३ र मोहम्मद वसीमले ४४ रन बनाए। यस्तै वृत्य अरविन्दले ४० र अलिशान शराफुले २९ रनको योगदान गरे। नेपालका लागि गुल्सन झाले २ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए।

३ खेलको एकदिवसीय श्रृंखलाका लागि युएईको टोली नेपाल भ्रमणमा आएको हो । यसै खेलमार्फत नेपालका हरि शंकर साह र अर्जुन साउदले अन्तर्राष्ट्रिय एक दिवसीयमा डेब्यु गरेका छन्। एकदिवसीय क्रिकेट खेल्ने नेपाली खेलाडीको सङ्ख्या ३६ पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved