आफ्ना कार्यकर्ता कुटिएपछि सत्ता गठबन्धनले गर्‍यो सडक अवरुद्ध

नेपालभ्युज

आफ्ना कार्यकर्ता कुटिएपछि सत्ता गठबन्धनले गर्‍यो सडक अवरुद्ध

काठमाडौं। दार्चुलामा सत्तारुढ गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले सडक बन्द गरेका छन् । आफ्ना कार्यकर्तालाई नेकपा एमालेका कार्यकर्ताले कुटेको भन्दै सत्तारुढ गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले सडक बन्द गरेका हुन् ।

नौगाड गाउँपालिका-६ खेडमा प्रचारप्रसारमा खटिएको गठबन्धन र नौगाडको जामिरमा आमसभामा गइरहेका एमाले कार्यकर्ता बीच आइतबार झडप भएको थियो ।

गठबन्धनका कार्यकर्ताले गोकुलेश्वर खार खलङ्गा सडकको धुलीगडा क्षेत्रमा सडक अवरुद्ध गरेका छन् ।

गठबन्धनका कार्यकर्ताले झडपमा संलग्न एमाले कार्यकर्तालाई पक्राउ गरे मात्रै सडक खुलाउने दावी गरेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved