टी–२० विश्वकपको उपाधि इङ्ल्याण्डलाई, फाइनलमा पाकिस्तान पराजित

विजेता इङ्ल्याण्डले ट्रफीसँगै १६ लाख अमेरिकी डलर प्राप्त गरेको छ । उपविजेता पाकिस्तानले ८ लाख अमेरिकी डलरमा चित्त बुझाएको छ ।

नेपालभ्युज

टी–२० विश्वकपको उपाधि इङ्ल्याण्डलाई, फाइनलमा पाकिस्तान पराजित

काठमाडौं। पाकिस्तानलाई हराउँदै इङ्ल्याण्डले टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ। मेल्बर्न क्रिकेट मैदानमा आइतबार भएको फाइनलमा इङ्ल्याण्डले पाकिस्तानलाई ५ विकेटले हराएको हो ।

१३९ रनको सामान्य लक्ष्य इङ्ल्याण्डले ६ बल अगाडी पाँच विकेट गुमाएर पुरा गरेको थियो । उसका लागि बेन स्टोक्सले अविजित ५२ रन बनाए । यस्तै जोस बटलरले २६ रनको योगदान गरे ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै ओभर खेलेर ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । इङ्ल्याण्डका बलरसामु पाकिस्तानका कुनै पनि ब्याट्स्म्यान खुलेर खेल्न नसकेपछि सामान्य लक्ष्य दिएको थियो । शान मसुदले ३८ र बाबर आजमले ३२ रन बनाउनुवाहेक अन्यको प्रदर्शन उल्लेख्य रहेन ।

इङ्ल्याण्डका लागि साम करनले ३ तथा क्रिस जोर्डन र आदिल रशीदले २–२ विकेट लिए।

विजेता इङ्ल्याण्डले ट्रफीसँगै १६ लाख अमेरिकी डलर प्राप्त गरेको छ । उपविजेता पाकिस्तानले ८ लाख अमेरिकी डलरमा चित्त बुझाएको छ । पराजित भएका सेमिफाइनलका टोली भारत र न्यूजिल्याण्डले जनही ४ लाख अमेरिकी डलर प्राप्त गरेका छन् । यसअघि इङ्ल्याण्डले सन् २०१० मा उपाधि जितेको जितेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved