मानुषीलाई समर्थन गर्दै श्रेष्ठको उम्मेदवारी फिर्ता

नेपालभ्युज

मानुषीलाई समर्थन गर्दै श्रेष्ठको उम्मेदवारी फिर्ता

काठमाडौं । आसन्न चुनावमा काठमाडौं क्षेत्र नम्बर ७ मा जनसमाजवादी पार्टीले सत्ता गठबन्धनका उम्मेदवार मानुषी यमी भट्टराईलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको छ ।

प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका जनसमाजवादी पार्टीका नेता शैलेशराज श्रेष्ठले उम्मेदवारी निष्क्रिय पार्दै मानुषीको समर्थनमा विज्ञप्ति निकालेका हुन् । संविधानको रक्षा र विकासका लागि मानुषीलाई समर्थन गरेको भन्दै उनले विज्ञप्तिमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका छन्।

नेपाल समाजवादी पार्टीकी नेता मानुषी काठमाडौं ७ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी छन् । उनले माओवादी केन्द्रको चुनाव चिन्ह लिएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved