एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

नेपालभ्युज

एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

काठमाडौं। एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गरेको हो ।

एपीएफले १८० रनको लक्ष्य ३८.३ ओभरमा ६ विकेट गुमाएर भेटायो । उसको लागि भुवन कार्कीले ५५ र शदर भेषवाकरले अविजित १६ रन बनाए । भुवन कार्की ३८.१ ओभरमा रन आउट भए । सुमित महर्जनले ३० रन जोडे । प्रदीप ऐरीले २० र सन्दीप जोराले १७ रन जोडे ।

आर्मीका लागि जितेन्द्र मुखियाले २, सोमपाल कामी र विक्रम सोबले १–१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको आमीर्ले ३९ ओभरमा १७९ रनमा अलआउट भयो । आर्मीको लागि रोहित कुमार पौडेलले ४९ र राजेश पुलामीले १८ रन बनाए । सुशन भारी १९ रनमा रनआउट भए। जितेन्द्र मुखिया २४ रनमा अविजित रहे। आर्मीका सोमपाल कामी डक आउट भए ।

एपीएफका लागि भने मौसम ढकाल र अमर सिंह रौतेलालले ३–३ विकेट लिए । किशोर महतोले २ विकेट लिए ।

प्रतियोगिताको विजेता एपीएफले १० लाख र उपविजेता आर्मीले ५ लाख रुपैँया प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved