काठमाडौंका नदी किनारका सुकुम्वासी बस्ती १० दिनपछि भत्काइने

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यका नदी किनारमा रहेको सुकुम्वासी बस्ती हटाउन चेतावनी दिएको छ।

नेपालभ्युज

काठमाडौंका नदी किनारका सुकुम्वासी बस्ती १० दिनपछि भत्काइने

काठमाडौं। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यका नदी किनारमा रहेको सुकुम्वासी बस्ती हटाउन चेतावनी दिएको छ। शुक्रबार एक सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घर टहरा भत्काउन भनेको हो।

काठमाडौं महानगरपालिकासँगको सहयोग लिएर भत्काउने बताइएको छ। निर्माण सामग्री र सवारी साधनहरू हटाउन १० दिन समय दिइएको छ।

‘‘काठमाडौं उपत्यका भित्रका बागमती र यसका सहायक नदी किनाराहरूमा तोकिएको मापदण्डभित्र अनधिकृत रूपले बनाइएका घर टहराहरू तथा थुपारिएका निर्माण सामग्री र सवारी साधनहरूका कारण नदीको दुवै किनारातर्फको सौन्दर्यीकरण कार्यमा गम्भीर अवरोध पर्न गएको हुँदा पटक–पटक सार्वजनिक सूचना मार्फत सूचित गर्दा पनि उक्त सूचनाको बेवास्ता गरी हालसम्म पनि नदीको दायाँ बायाँ किनारा खाली गरेको नपाइएको हुँदा सूचना मिति २०७९ मङ्सिर ४ गतेसम्म अनिवार्य रूपमा त्यस्ता घर/टहराहरू तथा थुपारिएका निर्माण सामग्री र सवारी साधनहरू हटाउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ’’, सूचनामा भनिएको छ।

समितिले उक्त अवधि भित्र नदी किनारा खाली गरेको नपाइएमा सकिएको मिति पश्चात् काठमाडौं महानगरपालिका तथा अन्य सरोकारवाला निकायहरूसँगको सहयोगले लिएर भत्काउने बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved