रवीन्द्र मिश्रको विश्लेषण- माओवादी केन्द्र केही वर्षभित्र पेण्डुलम बनेर विलय हुन्छ

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेकपा माओवादी केन्द्रलाई पेण्डुलम पार्टी भएको र केही वर्ष पछि विलीन हुने दाबी गरेका छन्

नेपालभ्युज

रवीन्द्र मिश्रको विश्लेषण- माओवादी केन्द्र केही वर्षभित्र पेण्डुलम बनेर विलय हुन्छ

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेकपा माओवादी केन्द्रलाई पेण्डुलम पार्टी भएको र केही वर्ष पछि विलीन हुने दाबी गरेका छन्। काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारसमेत रहेका मिश्रले राप्रपाले आज गरेको चुनावी सभामा यस्तो विश्लेषण गरे।

अबको केही वर्षमा नेपालमा जम्मा ३ वटा पार्टी मात्रै बाँकी रहने दाबी गर्दै मिश्रले मूल रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र नेपाली कांग्रेस पार्टी मात्रै हुने जिकिर गरे।

उनले माओवादी केन्द्र अबको केही वर्षभित्र पेण्डुलम बनेर एक अर्काको पछि लाग्ने वा विलय हुने टिप्पणी गरे।
देशको धर्म,संस्कृति, अस्तित्व, स्वाभिमान, भूगोल, पहिचान, जाति, भाषाभाषी सबै जोगाउनुपर्ने दायित्व अब राप्रपालाई रहेको बताए।

उनले भने, ‘‘यो देशमा अबको केही वर्षमा जम्मा ३ वटा पार्टी रहन्छ । मूल रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र नेपाली काँग्रेस । माओवादी पेण्डुलम जस्तो यता र उती गर्छ, की त्यो विलय हुन्छ, की त्यो साँघुरिएर बस्छ ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved