वीर गणेशमान सिंह राष्ट्रिय टेनिस : प्रणव र प्रदीप सेमिफाइनलमा

नेपालभ्युज

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस : प्रणव र प्रदीप सेमिफाइनलमा

काठमाडौं । प्रदीप खड्का र प्रणव खनालले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फ सेमिफाइनलमा स्थान बनाएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार प्रदिपले सौगात बिकेलाई ६–३ र ६–४ ले हराएर अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।

प्रणवले गौरव प्रताव सिंहलाई ६–० र ६–० ले हराएर सेमिफाइनलमा स्थान बनाएका हुन् ।

पुरुष एकलतर्फ नै निशन श्रेष्ठले निहल जंग बहादुर थापालाई ६–१, ४–६ र ६–३ ले हराएर अन्तिम चारमा स्थान बनाएका छन् ।

यस्तै ऋतिक रानाले प्रणव मानन्धरलाई ६–३ र ६–४ ले हराएर सेमिफाइनलमा स्थान बनाएका छन् ।

महिला एकलतर्फ सुनीरा थापा, ईशा डोल्कर गुरुङ र शर्भानी श्रेष्ठले सेमिफाइनलमा स्थान बनाएका छन् ।

सुनीराले क्वाटरफाइनलमा ६–१ र ६–० ले हराउँदा ईशाले अद्या पौडेललाई ७–६ र ६–३ ले पराजित गरिन् । शर्भानीले भगवती बिकबाट वाक्ओभर पाईन् ।

पुरुषको ३५ वर्षमाथिको एकलमा जितेन्द्र परियार र कमल भण्डारीले फाइनलमा स्थान बनाएका छन् ।

सेमिफाइनलमा जितेन्द्रले सिमान्त गुरुङलाई ६–३ र ६–१ ले पराजित गर्दा कमलले सन्तोष कार्कीलाई ६–४ र ६–४ ले पराजित गरे ।

पुरुषको ४५ वर्षमाथिको एकलमा महेश श्रेष्ठ र विमल कुमार गुरुङले उपाधि भिडन्त पक्का गरेका छन् । महेशले रोहित सुनुवारलाई ६–३ र ६–४ ले हराउँदा विमलले मनोज विक्रम शाहलाई ६–४ र ६–० ले पराजित गरे ।

पुरुषकै ५५ वर्षमाथि एकलमा उत्तम कुमार लामा र विमल कुमार गुरुङले फाइनलमा स्थान बनाएका छन् । विमलले जीवन घिमिरेलाई ६–३ र ६–४ तथा उत्तमले निरन्जन कुमार श्रेष्ठलाई ६–३ र ६–४ ले हराए ।

पुरुषको ६५ वर्षमाथि एकलमा बिदुर विष्टले हर्क बहादुर गुरुङलाई ४–२ र ४–० ले हराएर फाइनलमा स्थान बनाए । ज्ञानेन्द्र मान ताम्राकारले भरत रायमाझीबाट वाक्ओभर पाएर फाइनलमा पुगे ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भईरहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved