रास्कोट नगरपालिकाले नगरभित्रका सबै भौतिक संरचनाको विपद् बीमा गर्दै

कालिकोटको रास्कोट नगरपालिकाले नगरपालिका भित्रका सबै भौतिक संरचनाको विपद् बीमा गर्ने भएको छ। भूकम्प,बाढी पहिरो र अन्य विपद्बाट हुने भौतिक संरचनाको बीमा गर्ने भएको हो।

नेपालभ्युज

रास्कोट नगरपालिकाले नगरभित्रका सबै भौतिक संरचनाको विपद् बीमा गर्दै

सुर्खेत। कालिकोटको रास्कोट नगरपालिकाले नगरपालिका भित्रका सबै भौतिक संरचनाको विपद् बीमा गर्ने भएको छ। भूकम्प,बाढी पहिरो र अन्य विपद्बाट हुने भौतिक संरचनाको बीमा गर्ने भएको हो।

नगरपालिका भित्र रहेका तीन हजार नागरिकका घर, विद्यालय, अस्पताल, वडा कार्यालय र अन्य सरकारी भौतिक संरचनाहरूको विपद् बीमा गर्ने नगर कार्यपालिकाले निर्णय गरेको छ।

विभिन्न खाले प्राकृतिक विपत्ति तथा अन्य विपद्बाट हुने भौतिक संरचनाको क्षतिबाट न्यूनीकरणका लागि नगरपालिका भित्रका नागरिकका घर तथा अन्य सरकारी भौतिक संरचनाको बीमा गर्ने नगरपालिका प्रमुख धर्मराज शाहीले बताए। ‘‘कुनै पनि विपत्तिबाट रास्कोट नगरपालिका भित्र नागरिक घरमा क्षति पुगेका बीमाबाट रकम उपलब्ध गराइनेछ। ’’ उनले भने,‘‘प्राविधिक मुल्यांङकनका आधारमा न्यूनतम रु. ५० हजार देखि पाँच लाखसम्मको बीमा सुविधा पाउने गरी भौतिक संरचनाको बीमा गरिनेछ ।’’

पहिलो चरणमा रास्कोट नगरपालिका भित्रका तीन हजार नागरिकको घरको बीमा गरिने र त्यसका लागि रु. १५ लाख विपद् बीमान जम्मा गरिने प्रमुख शाहीले जानकारी दिए। ‘‘बाढीपहिरोलगाएतका विभिन्न विपद्बाट बर्सेनि नागरिकका घर, मानवीय तथा भौतिक क्षति हुने गरेको छ’’ उनले भने, ‘‘त्यसको न्यूनीकरणका लागि नागरिक तथा सरकारी भौतिक संरचनाको बीमा गर्न लागिएको हो।’’

बीमाको नियम अनुसार प्रत्येक वर्ष सम्पत्ति बीमा अन्तर्गत सम्बन्धित घर धनीले प्रिमियम तिर्नु नपर्ने गरी बीमा गरिने नगरपालिका प्रवक्ता तथा वडा नं ९ का अध्यक्ष धनबहादुर धामीले बताए। ‘‘जोखिमको पूर्व तयारी स्वरूप नगरले विपद् राहात कोष खडा गर्ने र विपद् प्रतिकार्य योजना अनुसार नै बीमा गर्ने निर्णय भएको हो’’ उनले भने, ‘‘सबै नागरिक तथा सरकारी सम्पत्तिको भौतिक संरचनाको बीमा गर्दा यसले नागरिकलाई राहत दिनेछ ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved