टी–२० विश्वकप

इङ्ल्याण्डलाई भारतले दियो १६९ रनको लक्ष्य, हार्दिक र विराटको अर्धशतक

सुस्त सुरुवात गरेको भारतका लागि विराट कोहली र हार्दिक पाण्डयाले उत्कृष्ट प्रदर्शन गर्दै सम्मानजक स्कोरमा पुर्‍याएका हुन् । दुवैले अर्धशतक बनाए ।

नेपालभ्युज

इङ्ल्याण्डलाई भारतले दियो १६९ रनको लक्ष्य, हार्दिक र विराटको अर्धशतक

काठमाडौं। टी–२० विश्वकपको फाइनल पुग्न इङ्ल्याण्डले १६९ रनको लक्ष्य पाएको छ । एडिलेडमा जारी दोस्रो सेमिफाइनलमा भारतले पुरै ओभर खेलेर ५ विकेट गुमाउँदे १६८ रनको मध्यम स्कोर खडा गरेको हो ।

सुस्त सुरुवात गरेको भारतका लागि विराट कोहली र हार्दिक पाण्डयाले उत्कृष्ट प्रदर्शन गर्दै सम्मानजक स्कोरमा पुर्‍याएका हुन् । दुवैले अर्धशतक बनाए । हार्दिकले ६३ रन बनाए । उनले ३३ बलमा पाँच छक्का र चार चौका प्रहार गरेका थिए । कोहली ५० रनमा आउट भए । जारी विश्वकपमा कोहलीको यो चौथो अर्धशतक हो ।

सुरुवातमै के एल राहुललाई पाँच रनमा गुमाएपछि भारत दबाबमा आएको थियो । कप्तान रोहित शर्माले २७ र सूर्यकुमार यादवले १४ रन बनाए ।

इङ्ल्याण्डका लागि  क्रिस जोर्डनले २ तथा क्रिस वोक्स र आदिल रशीदले १-१ विकेट लिए ।

बुधबार पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई हराएर पाकिस्तान फाइनलमा पुगिसकेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved