टी–२० विश्वकप : मिचेलको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य

नेपालभ्युज

टी–२० विश्वकप : मिचेलको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य

काठमाडौं। टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा अहिले पाकिस्तान र न्युजिल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ । अस्ट्रेलियाको सिड्नीमा जारी खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले४ विकेट गुमाएर १५२ रन बनायो । न्युजिल्यान्डका लागि डेरिल मिचेलले अविजित ५३ र केन विलियमसनले ४६ रन बनाए । जेम्स निसामले अविजित १६ रन बनाए । मिचेलले ३२ बलमा ३ चौका र १ छक्का हान्दै अर्धशतक पूरा गरे ।

पाकिस्तानका लागि भने शाहीन शाह अफ्रिदीले २ र मोहम्मद नवाजले १ विकेट लिए । दुवै टोली जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved