भ्रष्टाचार जस्तो जघन्य मुद्दामा विशेष अदालत असंवेदनशील : अख्तियार

नेपालभ्युज

भ्रष्टाचार जस्तो जघन्य मुद्दामा विशेष अदालत असंवेदनशील : अख्तियार

काठमाडौं। भ्रष्टाचार जस्तो जघन्य मुद्दामा विशेष अदालतबाट सफाइ दिने क्रम बढेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असन्तुष्टि जनाएको छ । मुद्दाको सुनुवाइमा विशेष अदालत संवेदनशील नभएको, दोषी उम्किने क्रम बढेको भन्दै लापरबाही देखिएको अख्तियारको गुनासो छ ।

अख्तियारले पत्रकार सम्मेलनमार्फत गत साउनयता फैसला भएका १६४ मुद्दामध्ये १४३ वटामा सफाइ दिइएको तथ्यांक प्रस्तुत गरेको छ । सफाइ दिएकामध्ये १२२ वटामा विशेष अदालतविरुद्ध सर्वोच्चमा पुनरावेदन गरिएको छ ।

पुनरावेदन गरिएका मुद्दामा सामाजिक सुरक्षा भत्ता हिनामिना, घुस/रिसवत, गैरकानुनी सम्पत्ति आर्जन, राजस्व चुहावट, गुणस्तरहीन सामान खरिदलगायतका छन् । जसमा प्रतिवादी २५१ जना छन् भने ४२ करोड १६ लाख २६ हजार ४६२ रुपैयाँ बिगो छ ।

अख्तियारले बिगो तथा सजाय मागदाबीसहित मुद्दा दायर गरेकोमा सजाय माग नपुगेको, अनुसन्धान फितलो भएकोलगायतका कारण देखाउँदै विशेष अदालतले सफाइ दिएको बताएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved