गण्डकीका ऊर्जामन्त्री आचार्यलाई बर्खास्त गर्दै मुख्यमन्त्री पोखरेल

नेपालभ्युज

गण्डकीका ऊर्जामन्त्री आचार्यलाई बर्खास्त गर्दै मुख्यमन्त्री पोखरेल

पोखरा। गण्डकी प्रदेश सरकारका ऊर्जामन्त्री हरिशरण आचार्य  बर्खास्त हुने भएका छन्।  उनलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गर्ने तयारी गरेका छन् ।

आचार्यलाई मुख्यमन्त्री पोखरेलले आसन्न निर्वाचनमा एमाले उम्मेदवारलाई सहयोग गरेको भन्दै बर्खास्त गर्न लागिएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार आचार्यले पछिल्लो समय एमाले उम्मेदवारलाई मत माग्दै हिँडेका हुन् ।

‘एमाले उम्मेदवारलाई भोट माग्दै हिँडेको सूचना आयो । गठबन्धन दलका नेताले मुख्यमन्त्रीलाई सूचना दिएपछि मुख्यमन्त्रीज्यूले बर्खास्त गर्न लाग्नुभएको सत्य हो,’ उनले भने । यता मन्त्री आचार्यले आफूलाई बर्खास्त गर्न लागेको कुरा थाहा नपाएको बताए । उनले आफूले कसैको पक्षमा भोट माग्ने काम नगरेकाले यो मिथ्या आरोप भएको सुनाए ।

‘म २१ गतेबाट स्वतन्त्र छु । कसैको पक्षमा १ भोट मागेको छैन,’ उनले भने, ‘म अहिले स्वतन्त्र हो । मलाई कुनै पक्षपात छैन । कसैको चाकडी गरेर पदमा बस्ने रहर पनि छैन,’ आचार्यले भने ।

आचार्य ०७४ सालको निर्वाचनमा नयाँ शक्ति पार्टीबाट गण्डकी प्रदेशसभामा विजयी भएका थिए । आचार्यलाई हटाउन मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखलाई पत्र पठाउने तयारी भइरहेको एक मन्त्रीले बताए । यसअघि आचार्यले नेपाल समाजवादी पार्टीका उम्मेदवार फणीन्द्र देवकोटाविरुद्ध बागी उम्मेदवारी दिएर पछि फिर्ता लिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved