च्याम्पियन्स लिग अन्तिम १६ ड्र : लिभरपुर र रियल म्याड्रिड भिड्दै

नेपालभ्युज

च्याम्पियन्स लिग अन्तिम १६ ड्र : लिभरपुर र रियल म्याड्रिड भिड्दै

काठमाडौं। यूईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणको ‘ड्र’ सार्वजनिक भएको छ । यूईएफएले सोमबार राउन्ड अफ १६ को ‘ड्र’ सार्वजनिक गरेको हो । ड्र अनुसार इङ्लिस क्लब लिभरपुल र स्पेनिस क्लब तथा साविक विजेता रियल म्याड्रिड आमने सामने हुने भएका छन् ।

यता, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी र जर्मन क्लब बायर्न म्युनिख प्रतिस्पर्धा गर्नेछन् । जर्मन क्लब आरबी लाइपजिग र इङ्लिस क्लब म्यान्चेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ। नकआउट चरणमा चेल्सीले बोरुसिया डर्टमण्डलाई टक्कर दिनु पर्नेछ । टोटेनह्याम र एसी मिलान प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी, इटालीको नापोलि र जर्मनीको फ्रान्कफुर्टबीच प्रतिस्पर्धा हुनेछ । पोर्चुगलको बेन्फिका र ब्रुग आमने-सामने हुनेछन् । इटालीका इन्टर मिलान र पोर्टो भिड्दै छन् ।

राउन्ड अफ १६ का सबै खेल होम एण्ड अवे शैलीमा २ लेगमा खेलाइनेछ । पहिलो लेग फेब्रुअरी १४ र १५ तथा २१ र २२ मा खेलाइनेछ । दोस्रो लेग भने मार्च ७ र ८ तथा १४ र १५ मा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved