मकवानपुरमा बसकोे ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

मकवानपुरमा बसकोे ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

हेटौंडा। मकवानपुरको मनहरीमा यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मनहरी–६ सुनाचुरीमा काँकडभित्ताबाट काठमाडौंतर्फ जादै गरेको बा.५ ख ७९४३ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३ ००३ प ४९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट मृत्यु हुनेमा मनहरीको नयाँबस्ती बस्ने २९ वर्षीय अविनाश गोले रहेको जिल्ला प्रहरी कार्याालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्र्कीले जानकारी दिए ।

उनका अनुसार बस र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ भने बसचालक फरार रहेका छन् । बसमा सवार यात्रुहरूलाई अर्को सवारी साधनमा गन्तव्यतर्फ पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved