यस्तो छ लौरो अभियानले जनाएको प्रतिवद्धता

नेपालभ्युज

यस्तो छ लौरो अभियानले जनाएको प्रतिवद्धता

काठमाडौं । लौरो अभियानले निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । आईतवार ललितपुरमा कार्यक्रम आयोजना गरी लौरो अभियानले चुनावी घोषाणापत्र सार्वजनिक गरेको हो ।

अभियानले नेपालको राजनीतिक प्रणालीमा सबै वर्ग, जातजाति, भाषा, लिङ्ग, धर्म, सांस्कृतिक समुदायलाई राज्यको नीति निर्माणमा सहभागी गराउन तथा राजनीतिको मुल प्रवाहमा समावेश गर्न प्रगतिशील लोकतन्त्रको मान्यतालाई आत्मसाथ गरेको बताएको छ ।

त्यस्तै नेपाली जनतालाई आफ्नो सरकार प्रमुख प्रत्यक्ष मतदानमार्फत चुन्न पाउने अधिकार सुनिश्चित गर्नु आफ्नो प्रमुख ध्येय भएको बताएको छ । त्यस्तै राजनीतिक स्थिरता र स्वाधिनताका लागि प्रत्यक्ष निर्वाचित सरकार प्रमुख प्रणालीको व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रतिवद्धता सार्वजनिक कार्यक्रममा बोल्दै लौरो अभियानका संयोजक सुमन सायमीले देशको परिस्थिति र जनताको परिस्थितिलाई सुधार गर्न लौरो अभियान आउनुपरेको बताए ।

उनले लौरो अभियानबाट देशभर २ सय जनाको उम्मेदवारी रहेको र आफ्नो अभियान देखेर ठूला राजनीतिक दल पनि डराइरहेको दाबी गरे । कलाकार एवं काठमाडौं क्षेत्र नम्बर ५ का लौरो अभियानको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार मधुसुदन पाठकले ‘नो नट अगेन’ बारे सर्वोच्च अदालतले दिएको अल्पकालीन आदेशले सारा लौरो अभियन्ता खुशी भएको बताए ।

लौरो अभियानले अबको विकास दीर्घकालीन निकाससहितको दीर्घकालीन मास्टरप्लान बनाएर १ वर्ष, ५ वर्ष, ५० वर्षको योजना बनाएर अघि बढ्ने, ७ प्रदेशमा ७ वटा चक्रपथ निर्माण गरी तराई, पहाड र हिमाललाई जोडेर आध्यात्मिक मार्ग बनाउने, मौलिक पहिचान र धार्मिक स्वतन्त्रता सहितको राज्य, सांसद बिहीन कार्यपालिका, निःशुल्क गुणस्तरीय शिक्षा, सामाजिक सुशासनसहितको उन्नतीशील राज्य लगायतका प्रतिवद्धता अघि सारेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved