रेडिअन्ट बास्केटबलमा ४८ टिम

नेपालभ्युज

रेडिअन्ट बास्केटबलमा ४८ टिम

काठमाडौं। आठौं रेडिअन्ट कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा हुने प्रतियोगितामा ४८ टिमको सहभागिता रहने प्रिन्सिपल सूर्यबहादुर केसीले जानकारी दिए ।

सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान १२–१२ टिम सहभागी हुने छन् । सिनियर ब्वाइजलाई ८ तथा जुनियर ब्वाइज-सिनियर गल्र्सलाई ४ समूहमा विभागज गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

सिनियर ब्वाइज-गर्ल्समा निम्स तथा जुनियर ब्वाइजमा आयोजक रेडिअन्ट डिफेन्डिङ च्याम्पियन हुन् । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख खर्च हुने रेडिअन्टकी भाइस प्रिन्सिपल सुभद्रा कुँवरले जानकारी दिईन् ।

कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु स्युचाटारस्थित आयोजककै कोर्टमा खेलाइने छ । प्रतियोगिताको एक संस्करण २०७२ सालको भूकम्प तथा दुई संकरण भने कोभिडका कारण सम्भव नभएको आयोजकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved