टी–२० विश्वकप : सेमिफाइनल समिकरण पुरा, भारत समूह विजेता

सेमिफाइनलमा समूह १ को विजेता न्यूजिल्याण्ड र समूह २ को उपविजेता पाकिस्तान बुधबार भिड्ने छन् । बिहीबार समूह १ को उपविजेता इङ्ल्याण्ड र समूह २ को विजेता भारत आमने सामने हुनेछन् ।

नेपालभ्युज

टी–२० विश्वकप : सेमिफाइनल समिकरण पुरा, भारत समूह विजेता

काठमाडौं । टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारत समूह २ को विजेता बनेको छ । अष्ट्रेलियाको मेल्बर्नमा आईतबार जिम्बाब्वेलाई हराउँदै भारत समूह विजेता बनेको हो । योसँगै सेमिफाइनल समिकरण पुरा भएको छ ।

यसअघि नै सेमिफाइनल पुगिसकेको भारत पराजित भएको भए यो समूहबाट पाकिस्तान समूह विजेता बन्ने थियो । पाकिस्तान समूह उपविजेता बनेको छ ।

भारतले कुल ८ अङ्क जोड्यो । बङ्गलादेशलाई पराजित गरेर पाकिस्तान पनि सेमिफाइनलमा पुग्यो । तर दक्षिण अफ्रिका भने नेदरल्याण्डसँग पराजित भएपछि बाहिरिएको छ । आइतबार बिहान नेदरल्याण्ड्सलाई दक्षिण अफ्रिकाले हराएको भए पाकिस्तान बाहिरिने थियो ।

समूहको अन्तिम खेलमा भारतविरुद्ध १८७ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे १७.२ ओभरमा ११५ रन बनाएर अलआउट भयो । जिम्बाब्वेका लागि सिकन्दर रजाले ३४ र रायन बर्लले ३५ रन बनाए । रविचन्द्रन आश्विनले ३ तथा हार्दिक पाण्ड्या र मोहम्मद शामीले २–२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको भारतले ५ विकेट गुमाएर १८६ रन बनाएको थियो । सूर्यकुमार यादवले अविजित ६१ रन बनाए । सेमिफाइनलमा समूह १ को विजेता न्यूजिल्याण्ड र समूह २ को उपविजेता पाकिस्तान बुधबार भिड्ने छन् । बिहीबार समूह १ को उपविजेता इङ्ल्याण्ड र समूह २ को विजेता भारत आमने सामने हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved