टी–२० विश्वकप : आयोजक अस्ट्रेलियाको यात्रा टुंगियो, इङ्ल्यान्ड सेमिफाइनलमा

शनिबार इङ्ल्यान्डले श्रीलंकालाई ४ विकेटले हराएपछि नेट रनरेटका आधारमा साविक विजेता अष्ट्रेलिया समूह चरणबाटै बाहिरिएको हो । इङ्ल्यान्ड भने सेमिफाइनलमा पुगेको छ । समूह एकबाट न्युजिल्यान्ड यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो ।

नेपालभ्युज

टी–२० विश्वकप : आयोजक अस्ट्रेलियाको यात्रा टुंगियो, इङ्ल्यान्ड सेमिफाइनलमा

काठमाडौं। आयोजक अस्ट्रेलिया टी–२० विश्वकप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंकालाई हराउँदै इङ्ल्यान्ड भने सेमिफाइनलमा पुगेको छ ।

सिड्नी क्रिकेट मैदानमा शनिबार इङ्ल्यान्डले श्रीलंकालाई ४ विकेटले हराएपछि नेट रनरेटका आधारमा साविक विजेता अस्ट्रेलिया समूह चरणबाटै बाहिरिएको हो ।

समूह एकबाट न्युजिल्यान्ड यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो । अस्ट्रेलियालाई अगाडिको यात्रा तय गर्न शनिबार श्रीलंकाले इङ्ल्यान्डलाई हराउनुपर्ने थियो ।

तर इङ्ल्याण्डले जितेपछि समूहको तेस्रो स्थानमा रहँदै अस्ट्रेलियाको यात्रा टुङ्गियो । तीनवटै टोलीको सात अंक भए पनि रनरेटका आधारमा न्युजिल्यान्ड पहिलो र इङ्ल्यान्ड दोस्रो भए ।

शनिबार १४२ रनको सामान्य लक्ष्य इङ्ल्यान्डले १९‍.४ ओभरमा ६ विकेट गुमाएर पार गरेको थियो । उसका लागि एलेक्स हल्सले ४७ रन बनाए । यस्तै, बेन स्टोक्सले अविजित ४२ र जोस बटलरले २८ रनको योगदान गरे ।

टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले ८ विकेट गुमाएर १४१ रन मात्रै बनाउन सक्यो । पथुम निसानकाले ६७ रन बनाए । इङ्ल्यान्डका लागि मार्क वुडले ३ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved