आगामी सरकारको नेतृत्वमा पनि कांग्रेसको दाबी रहन्छ : प्रवक्ता महत

गठबन्धनको ठुलो दल भएका कारण कांग्रेसले प्रधानमन्त्रीको दाबी गर्नु स्वभाविक रहेको उनको भनाई छ । महतले कांग्रेसले प्रत्यक्षमा ८० भन्दा बढि सिट जित्ने दाबी पनि गरे ।

नेपालभ्युज

आगामी सरकारको नेतृत्वमा पनि कांग्रेसको दाबी रहन्छ : प्रवक्ता महत

धनगढी । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मंसिर ४ को निर्वाचनमा गठबन्धनको पक्षमा अत्यधिक बहुमत आउने दाबी गरेका छन् ।

शनिबार धनगढीमा पत्रकारसँग कुरा गर्दै प्रवक्ता महतले देशब्यापी रुपमा गठबन्धनका पक्षमा जनलहर चलेको बताए । महतले आगामी सरकारको नेतृत्वका लागी कांग्रेसको स्वभाविक दाबी रहने समेत बताए । गठबन्धनको ठुलो दल भएका कारण कांग्रेसले प्रधानमन्त्रीको दाबी गर्नु स्वभाविक रहेको उनको भनाई छ ।

प्रधानमन्त्रीका लागी गठबन्धनका दलबीच खासै छलफल नभएको जनाउँदै उनले अहिले धेरै सिट जित्नेमा मात्रै ध्यान केन्द्रित रहेको उल्लेख गरे । गठबन्धनको एउटै दलले बहुमत ल्याउन कठिन रहेको विश्लेषण गरेका महतले कांग्रेसले प्रत्यक्षमा ८० भन्दा बढि सिट जित्ने दाबी गरे ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धेरै सपना बाँडेको तर, काम भने केही नगरेको आरोप लगाए । उनले भने “ बिगतको सरकारले देशमा स्थिरता कायम गर्न सकेन्,स्पष्ट विदेश नीति बनाउन सकेन्, जनमतको कदर गर्न सकेन् तसर्थ एमाले प्रति जनतामा निराशा मात्रै छ । ”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved