कोरोना बीमाको १ अर्ब ८१ करोड रकम बाँडिदै

नेपालभ्युज

कोरोना बीमाको १ अर्ब ८१ करोड रकम बाँडिदै

काठमाडौं। कोरोना बीमाको १ अर्ब ८१ करोड रकम बाँडिने भएको छ ।  कोरोना बीमा बापतको भुक्तानी हुन बाँकी रकममध्ये १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी हुने भएको हो । सरकारले दिएको १ अर्ब रुपैयाँ र बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी तथा निर्जीबन बीमा व्यवसाय गर्ने कम्पनीहरुले हालेको ८१ करोड रुपैयाँ जम्मा गरेर १ अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गर्न लागिएको हो ।

सरकारले दिएको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानेर थप ४५ प्रतिशत रकम बीमा समिति, पुनर्बीमा कम्पनी र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुबाट जुटाइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । समितिले पहिला नै अर्थमन्त्रालयमा पठाएको प्रस्ताव अनुसार सरकारले दिएको रकमलाई ५५ प्रतिशत मानिएको उनको भनाइ छ ।

कोरोना बीमाको दाबी भुक्तानीमा समस्या भइरहेको थियो, कसरी भुक्तानी गर्ने भन्ने विभिन्न विकल्पमध्येमा सरकारले ५५ प्रतिशत रकम दिने र बाँकी ४५ प्रतिशत रकम बीमा समिति, पुनर्बीमा कम्पनी र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुबाट जुटाउने भन्ने एउटा विकल्प हामीले विगतमा नै सरकारलाई बुझाएका थियौँ, सरकारले दिएको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत मान्दा भुक्तानी दिइने रकम बढी हुने भएकोले सोही अनुसार गरौँ भन्ने भयो, त्यसरी सबैले रकम दिँदा १ अर्ब ८१ करोड रुपैयाँ जति हुँदो रहेछ,’ कार्यकारी निर्देशक पौडेलले रातोपाटीसँग भने ।

बीमा समितिले तयार पारेको विकल्प अनुसार सरकारले दिएको १ अर्ब रुपैयाँ भनेको ५५ प्रतिशत हो । यसमा बीमा समितिले ८ प्रतिशत अर्थात १४ करोड ५४ लाख रुपैयाँ दिनेछ । यस्तै, पुनर्बीमा कम्पनीले १२ प्रतिशतले हुन आउने रकम २१ करोड ८१ लाख रुपैयाँ दिनेछ भने अहिले संचालनमा रहेका २० वटा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले २५ प्रतिशतले हुन आउने रकम ४५ करोड ४५ लाख रुपैयाँ जम्मा गर्नेछन् । एउटा बीमा कम्पनीले करिब २ करोड २७ लाख रुपैयाँ दिनुपर्ने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved