टी–२० विश्वकप : अस्ट्रेलियाको सेमिफाइनल सम्भावना कायमै, श्रीलंका बाहिरियो

२ अङ्क थपेको अष्ट्रेलिया समूह १ को अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यो नतिजासँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ । समूह १ बाट सेमिफाइनलमा पुग्ने दोस्रो टोली चयनको लागि श्रीलंका र इङ्ल्याण्डबीचको खेल कुर्नु पर्ने छ । 

नेपालभ्युज

टी–२० विश्वकप : अस्ट्रेलियाको सेमिफाइनल सम्भावना कायमै, श्रीलंका बाहिरियो

काठमाडौं। टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले अफगानिस्तानलाई पराजित गरेको छ । एडिलेडमा शुक्रबार अफगानिस्तानलाई ४ रनले हराउँदै अस्ट्रेलियाले सेमिफाइनल प्रवेशको सम्भावना कायम नै राखेको छ ।

२ अंक थपेको अस्ट्रेलिया समूह १ को अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यो नतिजासँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ । समूह १ बाट सेमिफाइनलमा पुग्ने दोस्रो टोली चयनको लागि श्रीलंका र इङ्ल्यान्डबीचको खेल कुर्नुपर्ने छ ।

उक्त खेलमा इङ्ल्यान्ड विजयी भए नेट रनरेटका आधारमा सेमिफाइनल पुग्ने दोस्रो टोली चयन हुनेछ । यो समूहबाट न्युजिल्यान्ड यसअघि नै सेमिफाइनल पुगेको छ । श्रीलंकाको मात्रै ४ अंक छ । उसले जित निकालेमा इंग्ल्यान्ड सेमिफाइनल पुग्नेछ ।

१६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनायो । उसका लागि राशिद खानले २३ बलमा अविजित ४८ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । गुलबद्दिन नबिले ३९ रन र रहमान उल्लाह गुरबाजले ३० रन बनाए । अस्ट्रेलियाको लागि जोस हेजलवुड र एडम जाम्पाले २–२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ८ विकेट गुमाएर १६८ रन बनाएको थियो । ग्लेन म्याक्सवेलले अविजित ५४ र मिचेल मार्सले ४५ रन बनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved