निहारिका राजपूतका छोराको डीएनए आरोपित शिवराजसँग मिल्यो

‘कुमारी आमा’ भन्दै चर्चामा आएकी निहारिका राजपूतको छोराको डीएनए आरोपित शिवराज श्रेष्ठसँग मिलेको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा राजपूतका छोराको डीएनए श्रेष्ठसँग मिलेको हो।

नेपालभ्युज

निहारिका राजपूतका छोराको डीएनए आरोपित शिवराजसँग मिल्यो

काठमाडौं। ‘कुमारी आमा’ भन्दै चर्चामा आएकी निहारिका राजपूतको छोराको डीएनए आरोपित शिवराज श्रेष्ठसँग मिलेको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा राजपूतका छोराको डीएनए श्रेष्ठसँग मिलेको हो।

उच्च अदालत जनकपुरका रजिस्टार खड्गराज अधिकारीले भने ‘‘निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न ८ भदौमा आदेश दिएको थियो। सोही अनुसार गर्दा डीएनए मिलेको छ। चुनावपछि मुद्दामा पेशी चढ्ने उच्च अदालत जनकपुरले जनाएको छ।

यसैबीच प्रधानमन्त्रीको सरकारी निवास अगाडी पत्रकार सम्मेलन गर्न भन्दै बालुवाटार पुगेकी निहारिका राजपूतलाई प्रहरीले केहिवेर नियन्त्रणमा लिएको छ।
शिवराजले नशालु पदार्थ पिलाएर बलात्कार गरेको र गर्भ बसेको भन्दै निहारीकाले जाहेरी दिएकी थिइन्। तर शिवराजले भने ती बच्चा आफ्नो नरहेको दाबी गर्दै आएका थिए। जिल्ला अदालत धनुषाले पनि ०७८ माघ २४ गते जबरजस्ती करणी नभएको र बिहे भएर सहमतिमै करणी भएको फैसला सुनाएको थियो।
निवेदनमा निहारिका र शिवराजबीच श्रीमान्–श्रीमतीको सबन्ध उल्लेख थियो। सोही आधारमा जिल्ला न्यायाधीश परशुराम भट्टराईले श्रेष्ठविरुद्ध जबरजस्ती करणीको अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएका थिए।
बच्चा शिवराजकै रहेको निहारिकाको दाबीपछि उच्च अदालत जनकपुरका न्यायाधीश द्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले गएको दुबैजनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो।
तर उच्च अदालत पनि प्रतिवादीसँग मिलेर पेसी नतोकेको र डिएनए जाँच गर्न समेत नभनेको भन्दै निहारिका काठमाडौंमा आमरण अनसन बसेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved