टी–२० विश्वकपः आयरल्याण्डलाई हराउँदै न्यूजिल्याण्ड सेमिफाइनल नजिक

यो जितपछि न्युजिल्याण्डको सात अंक भएको छ । समूह एक मा इङ्ल्याण्ड र अष्ट्रेलियाको पनि त्यति नै अंक छ । यि दुवैले अन्तिम खेल खेल्न बाँकी छ । इङ्ल्याण्डले श्रीलंका र अष्ट्रेलियाले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछन् । नेट रनरेटका कारण तेस्रो स्थानमा रहेको अष्ट्रेलियाले आज अफगानिस्तानलाई फराकिलो अन्तरले हराउन सके सेमिफाइनल पुग्नेछ । 

नेपालभ्युज

टी–२० विश्वकपः आयरल्याण्डलाई हराउँदै न्यूजिल्याण्ड सेमिफाइनल नजिक

काठमाडौं। टी–२० विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले समूह चरणको आफ्नो अन्तिम खेलमा आयरल्याण्डलाई हराएको छ । यो जितपछि न्युजिल्याण्ड सेमिफाइनल नजिक पुगेको छ । आयरल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ ।

अष्ट्रेलियाको एडिलेडमा शुक्रबार भएको खेलमा न्यूजिल्याण्डले आयरल्याण्डलाई ३५ रनले पराजित गरेको हो ।

१८६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले ९ विकेट गुमाएर १५० रन मात्रै  बनाउन सक्यो । पल स्टर्लिङ्गले ३७ र एन्डी बालबनीले ३० रन बनाए । न्यूजिल्याण्डका लागि लोकी फर्ग्युसनले ३ र टिम साउथीले २ विकेट लिए ।

पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ६ विकेट गुमाएर १८५ रन बनाएको थियो । उसका लागि केन विलियम्सनले ६१ र फिन एलनले ३२ रन बनाए । केनले ३२ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए। आयरल्याण्डका लागि जोश लिटिलले ह्याट्रिक गरे ।  ग्यारेश डेलानीले २ विकेट लिए ।

यो जितपछि न्युजिल्याण्डको सात अंक भएको छ । समूह एक मा इङ्ल्याण्ड र अष्ट्रेलियाको पनि त्यति नै अंक छ । यि दुवैले अन्तिम खेल खेल्न बाँकी छ । इङ्ल्याण्डले श्रीलंका र अष्ट्रेलियाले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछन् । नेट रनरेटका कारण तेस्रो स्थानमा रहेको अष्ट्रेलियाले आज अफगानिस्तानलाई फराकिलो अन्तरले हराउन सके सेमिफाइनल पुग्नेछ ।

इङ्ल्याण्डले पनि सेमिफाइनल पुग्न श्रीलंकालाई हराउनै पर्नेछ । अष्ट्रेलिया अफगानिस्तानसँग हार्यो भने मात्रै श्रीलंकाको सेमिफाइनल प्रवेशको ढोका खुल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved