तोसिमा कार्कीको उम्मेदवारी खारेजीका लागि आयोग पुनः अदालत जाने

मेडिकल काउन्सिलको सदस्य लाभको पदभित्र पर्ने निष्कर्षका साथ आयोग डा. कार्कीको उम्मेदवारी खारेजीको माग राख्दै अदालत जाने भएको हो।

नेपालभ्युज

काठमाडौं। ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन आयोगले पुनः अदालत जाने तयारी गरेको छ।

निर्वाचन आयोगले १२ कात्तिकमा उम्मेदवारी खारेज गरेपछि सर्वोच्च अदालतको अन्तरिम आदेशले उम्मेदवारी व्यूताएकी कार्कीविरुद्ध पुन आयोग अदालत जान लागेको हो।

मेडिकल काउन्सिलको सदस्य लाभको पदभित्र पर्ने निष्कर्षका साथ आयोग डा. कार्कीको उम्मेदवारी खारेजीको माग राख्दै अदालत जाने भएको हो।

डा. कार्की लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले १२ कात्तिकमा उनको उम्मेदवारी खारेज गरेको थियो । आयोगको निर्णयविरुद्ध डा कार्की अदालत गएकी थिइन्। सर्वोच्च अदालतले १५ कात्तिकमा उनको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved