मुस्लिम समुदायको हक अधिकार सुनिश्चित गर्न पूर्ण साथ रहन्छ : विनोद चौधरी

नेपालभ्युज

मुस्लिम समुदायको हक अधिकार सुनिश्चित गर्न पूर्ण साथ रहन्छ : विनोद चौधरी

नवलपरासी। नेपाली कांग्रेसका नेता विनोद चौधरीले नेपालको  राजनीतिमा मुस्लिम समुदाय महत्त्वपूर्ण भूमिकामा रहेको बताएका छन् । नेपाल मुस्लिम संघद्वारा नवलपरासीको जिमिरेभारमा आयोजित मुस्लिम अगुवा भेलालाई सम्बोधन गर्दै नेता चौधरीले मुस्लिम समुदाय  महत्त्वपूर्ण र निर्णायक भूमिकामा रहेको बताएका बताएका हुन् ।

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार समेत रहेका कांग्रेसका केन्द्रीय सदस्य चौधरीले मुस्लिम समुदाय नेपालको राष्ट्रिय राजनीतिमा निर्णायक र महत्त्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने समुदाय रहेको जिकिर गरे ।

नेता चौधरीले मुस्लिम समुदायको सुरक्षा र हक अधिकार सुनिश्चितताका लागि आफ्नो र आफ्नो पार्टीको पूर्ण साथ रहेको विश्वास व्यक्त गरे । निर्वाचन केन्द्रीत विषयवस्तुहरूलाई प्रकाश पार्दै नेता चौधरीले यस क्षेत्रको बाढी तथा डुबानको समस्या, उखु किसानको समस्या र उत्पादित केराको बजारीकरणबारे देखिएका समस्या समाधान गर्न समेत आफ्नो मुख्य प्राथमिकता रहने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved