धनगढी उपमहानगरले चलायो सरकारी संरचनामा डोजर

नेपालभ्युज

धनगढी उपमहानगरले चलायो सरकारी संरचनामा डोजर

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले सडक विस्तार गर्न सरकारी संरचनामाथि डोजर चलाएको छ ।

उपमहानगरपालिकाले कैलाली पुलदेखि क्याम्पसचोकसम्मको मेनरोडको बीच भागबाट दायाँबायाँ १५–१५ मिटर सडक विस्तार सुरु गर्ने क्रममा सरकारी संरचनामाथि डोजर चलाएको हो ।

मेयर गोपाल हमाल सडक विस्तार गर्न आफैं फिल्डमा खटिएका छन् । अहिले सडक विस्तारको क्रममा १५ मिटर भित्र पर्ने सेती प्रादेशिक अस्पतालको संरचनामा उपमहानगरले डोजर चलाएको छ ।

कैलाली पुलदेखि क्याम्पसचोकसम्मको दूरी करिब २ किलोमिटर छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved